Showing posts with label मेरो गजल रचना. Show all posts
Showing posts with label मेरो गजल रचना. Show all posts

2013-09-19

गजल :- सनसनिपुर्ण रात

गजल :-सनसनिपुर्ण रात

सनसनिपुर्ण रात त्यो कसरी भुल्ने
मद जवानिको मात त्यो कसरी भुल्ने

कसैको मतलब छैन आफ्नै छ दुनियाँ
मिलाएको देह खात त्यो कसरी भुल्ने

रंगिन दुनियामा डुवुल्कि मार्दै मार्दै
मदहोसिमै बात त्यो कसरी भुल्ने

शान्त छ दुनियाँ जागा त्यहि बेला
कामदेवकै जात त्यो कसरी भुल्ने

लुटुपुटु लुटपुटिँदै आनन्द फेर्दै
जस्तै धागो कात त्यो कसरी भुल्ने

स्पर्शिँदै बेरिँदै चुम्दै ति अधरहरू
सलबलाउँदै हात त्यो कसरी भूल्ने

चोटिलो रसिलो प्रहार छ दुवै बाट
माठो दर्द घात त्यो कसरी भुल्ने


….सिजन तामाङ् वाईबा। 

2013-07-03

गजल : सिमसिमे पानि पर्दैछ आज ।













सिमसिमे पानि पर्दैछ आज ।
माया नि नजिकै सर्दैछ आज ।

भावुक नि निकै बनियो क्यार ।
मायाले मुटु नि भर्दैछ आज ।

नजिकै जान्छ फुट्दैन बोली ।
बोल्ने आश पनि मर्दैछ आज ।

तन डर्छ अलि र बाँकि मन ।
अनि पुरै ज्यान डर्दैछ आज ।

चुप म नि अनि चुप उ पनि ।
दुवैको मन के गर्दैछ आज ।

निडर भएर नि डराउने म ।
मेरो नै पो सेखि झर्दैछ आज ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

गजल : म त आफैँ देखि हारेको मान्छे ।










म त आफैँ देखि हारेको मान्छे ।
आफुले आफैँ मारेको मान्छे ।

अघि बढ्छु केहि गर्छु भन्दा ।
बैरिले खुट्टा तानेको मान्छे ।

यो भिड भरि छुट्टै हुँ भन्दै ।
बिजोडि गोरू नारेको मान्छे ।

लड्दै अरूको बोलि सहँदै ।
लडेर आफैँ खारेको मान्छे ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

2013-05-28

sijan tamang's gajal












उनको तन मन सबैमा मै छु अरे साथि ।
उनको सपनि विपनि सबै मै हुँ अरे साथि ।

माया गर्ने मान्छे मै रे पहिलो अनि अन्तिम ।
उनलाई धेरै माया लाग्ने मै हुँ अरे साथि ।

चोखो माया गर्छ अरे दिलै देखी मलाई ।
चोखो माया पउन योग्य मै हुँ अरे साथि ।

सक्दैन रे भुल्न मलाई नमरून्जेल सम्म ।
मरे पछि भेट्ने पनि मै हुँ अरे साथि ।

नजाउ भन्छ छोडेर उनलाई एक्लै ।
उनले फेर्ने श्वासमा पनि मै छु अरे साथि ।

एकछिन पनि टाढा नहुनु रे दिल बाट उनको ।
उनको हरेक धड्कन पनि मै हुँ अरे साथि ।

मर्छु भन्छ मैले छोडि अन्तै बसाई गए ।
उनको पुर्ण प्राण पनि मै हुँ अरे साथि ।

अमर माया गर्ने अरे संसार लाई देखाउन ।
अमर माया गर्ने साथि मै हुँ अरे साथि ।

गजल : सिर्जनाको क्षितिजमा










सिर्जनाको क्षितिजमा भेट्ने आशा गर्दै उनलाई ।
लेख्दै छु म गजल एउटा देख्ने आशा गर्दै उनलाई ।

टोलाऊँछु अचेल आफैँ हराउँछु कता कता ।
देख्छु उनकै छबिप्रति रात्रिमा हेर्दा जुनलाई ।

रूपकि परि उनी मायाकि खानि पनि ।
जप्छु उनकै नाम अचेल सपनिमा देखि उनलाई ।

सपनिमा भेट भा'को देखेको थेँ हिजो मैले ।
सपना मा देखे जस्तै बिपनिमा देख्न उनलाई ।

गजल : टोलाई रहन्छु










टोलाई रहन्छु सँधै म तिम्रै यादमा ।
तन मन सब मेरो छ तिम्रै यादमा ।।

रातको निद हट्यो दिनको चेत ।
अचेतमै हुने गर्छु म तिम्रै यादमा ।।

रोग हो कि के हो यो पत्तो पा को छैन ।
किन किन मेरो मन छ तिम्रै यादमा ।।

तनको दूरी टाढा त मनको दूरी नजिक ।
मनको दूरी जोड्ने छु तिम्रै यादमा ।।